हिमालय ऊर्जाले आईपीओ विक्रीको पायो अनुमति, १४ करोड ८५ लाखको आईपीओ आउँदै |
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले १४ करोड ८५ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार मात्र कम्पनीलाई सो मात्राको शेयर जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १ लाख ४८ हजार ५०० कित्ता आईपीओ जारी गर्ने भएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।