एप्पलले बन्द गर्यो फेसबुकको रिसर्च एप |
आइफोन निर्माता कम्पनी एप्पलले फेसबुकको रिसर्च एप बन्द गरिदिएको छ । यो एपले प्रयोगकर्ताहरुको फोनलाई ट्रयाक गर्दछ । जसबाट मानिसहरुले आफ्नो फोनमा के प्रयोग गरिरहेका छन् र इन्टरनेटमा के के कुराहरु सर्च गरिरहेका छन् भन्ने कुराका बारेमा जानकारी प्राप्त हुने गर्दछ ।
एप्पलले व्यक्तिको निजी डाटाको सुरक्षालाई लिएर उसको कठोर नीतिलाई बिफल बनाउने फेसबुकको प्रयासलाई बन्द गरिदिएको बताएको छ ।
यो भन्दा पहिले एउटा रिपोर्टमा भनिएको थियो कि, फेसबुकले आफ्नो रिसर्च एप डाउनलोड गर्न र प्रयोग गर्नका लागि करिब २० डलर प्रतिमहिना भुक्तान गर्ने गर्दछ । यद्यपी फेसबुकले भने आफूले ग्राहकहरुको अनुमति लिएर मात्र यस्तो काम गरेको दाबी गरेको थियो ।
एजेन्सी