नेरुडे लघुवित्तको नाफा ३ करोड ८१ लाख |
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १ करोड ५४ लाख ८३ हजार रुपैयाँले बढी हो । गत वर्षको यहि अवधिमा २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा ४१ करोड ९० लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले एक अर्ब ९४ करोड रुपैयाँ सापटी र एक अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तले यस अवधिसम्ममा ३७ करोड ५५ लाख रुपैयाँ व्याज आम्दानी र १९ करोड ५३ लाख रुपैयाँ व्याज वापत खर्च गरेको छ । जसबाट १८ करोड १ लाख रुपैयाँ खुद व्याज आर्जन गरेको छ ।
यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । गत वर्ष १.३९ प्रतिशत रहेको खराब कर्जा १.८१ प्रतिशतमा पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ०९ पैसा, प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात २१.२८ गुणा बढी छ ।