कौशलटारमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ‘ब्लू स्क्वायर’ शोरुम
काठमाडौं । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्यधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।
एमएडब्लू ग्रुप अफ कम्पनीका प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवालका साथै हिमालय रोडिज सिजन ५ का प्रस्तोता सुरजसिंह ठकुरी र ग्याङ लिडर प्रियंका कार्कीले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन् । यही भदौ २५ गते भक्तपुरको कौशलटारमा उद्घाटन गरिएको शोरुम दुई पांग्रे सवारी उद्योग कै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।
यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लू स्क्वायर’ लाई अबलम्बन गरी कौशलटारमा उक्त शोरुम सञ्चालनमा ल्याइएको एमएडब्लूले जनाएको छ । यामाहाको ‘ग्लोबल मोटर स्पोर्ट्स लिगेसी’ लाई आत्मसाथ गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रूपमा ‘ब्लू स्क्वायर’ शोरुमलाई लिईएको छ ।
ब्लू स्क्वायर शोरुममा प्रयोग गरिएको ‘ब्लू’ कलरले यामाहा ब्राण्डको ‘रेसिङ डिएनए’ लाई झल्काउने र ‘स्क्वायर’ ले ‘वान स्टप बाइङ जक्सन’ जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसेरिज र एपेरल्स एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ ।
यस शोरुममा ‘बेटर कस्टमर एक्सपेरियन्स’ अनुभव गर्नुको साथै छिटो र ‘पर्सनाइल वान टु वान सर्भिस’ प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्रान्ड र उपलब्धतालाई महसुस गर्न पाउनुको साथै ‘डिजिटल टेक्नोलोजी’ मार्फत ‘क्यूआर कोड’ स्क्यान गरेर ब्रोसरहरू प्राप्त गर्न सकिनेछ ।
स्थापनाकालदेखि नै ग्राहकहरूको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लू स्क्वायर’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरूले यामाहा ब्रान्डप्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनीको ठहर छ । साथै, भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ ।
‘कौशलटारमा हाम्रो यामाहा ब्लू स्क्वायर शोरुम खोल्न गर्न पाउँदा अत्यन्तै हर्षित छौं । यो पनि सबैभन्दा ठूलो र सबै भन्दा सुविधाजनक शोरुममध्ये एक हो’ यामाहा नेपालका सीईओ राजु क्षेत्रीले भने, ‘यस शोरुमले बाइक प्रेमीहरूलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाइकल स्कुटर एसेसरिज र एपेरल्स उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौं ।’