स्वावलम्बन लघुवित्तको नाफा १७ करोड १९ लाख |
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा भन्दा ८८ लाख ५८ हजार रुपैयाँ अर्थात ५.४३ प्रतिशतले बढी हो । गत वर्षको यहि अवधिमा १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले चुक्ता पूँजी ५० करोड ३१ लाख रुपैयाँबाट ६२ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तको जगेडाकोषमा ८७ करोड ४४ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तले ६ अर्ब ५८ करोड निक्षेपमा संकलन तथा ४ अर्ब २० करोड सापटी लिएर ११ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तले ९६ करोड ४९ लाख रुपैयाँ व्याज आम्दानी र ४५ करोड ९६ लाख रुपैयाँ व्याज खर्च गरी ५० करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
लघुवित्तको निष्कृर्य कर्जा अतुपातमा वृद्धि भएको छ । गत वर्ष ०.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात १.०३ प्रतिशतमा पुगेको छ ।
यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ ०४ पैसा, मल्य आम्दानीको अनुपात १५.४५ गुणा बढी छ ।