भदौ २२ देखि टोयोटाको ‘विजय उत्सव’ सुरु, यस्ता छन् फाइदा
काठमाडौं । नेपालको लागि जापनीज अटोमोवाइल ब्राण्ड टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आगामी भदौ २२ गते शुक्रबारदेखि ९ दिनसम्म ‘विजय उत्सव’ कार्यक्रम गर्ने भएको छ । कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्कीम सार्वजनिक गर्न लागेको हो ।
विजय उत्सवमा ग्राहकले तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर, नगद छुटका साथै सेरामिक कोटीङमा विशेष छुट पाउने छन् ।
कार्यक्रममा नबिल बैंक, एभरेष्ट बैंक र ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा सहजै फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई काठमाडौंै अटोमोवाइल र ग्यालेक्सी अटोमोवाइलसँगको सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान गरिने कम्पनीको भनाइ छ ।
यस कार्यक्रममा टोयोटाका गाडी चडिरहेका ग्राहकहरुले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । विजय उत्सवको अर्को आकर्षणको रुपमा डेली लक्की ड्र समेत रहेको छ ।
कार्यक्रममा सहभागीहरुले फ्रि कार वास, चेकअप, इन्जिन आयलसहितको कम्प्लीमेन्ट्री सर्भिसिङ सुविधा पाउने छन् । साथै, पार्टस्मा २० प्रतिशत छुट, पेन्ट एण्ड डेन्टमा ३० प्रतिशतसम्म छुट दिइने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै, उक्त योजनामा पिटस्टपमा गरिने सेरामिक कोटिङमा आकर्षक प्याकेजको व्यवस्था गरिएको छ ।