चोर समात्ने विशेष अभियानमा ५ महिलासहित १ सय २४ जना पक्राउ | ३ महिला र २१ पुरुष पुर्पक्षका लागि जेल चलान, दुई महिला र १८ पुरुष धरौटीमा छुटे, बाँकीको अनुसन्धान जारी
काठमाडौं । नेपाल प्रहरीले यही माघ १५ गतेदेखि सञ्चालन गरेको चोरहरू समात्ने विशेष अभियानमा हालसम्ममा १ सय २४ जना चोर पक्राउ गरेको छ । तीमध्ये ५ जना महिला रहेको थाहा भएको छ । प्रहरीले तीन दिनभित्रमा यति धेरै संख्यामा रंगेहात र अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।
काठमाडौंमा विभिन्न स्थानमा चोरीका घटना भएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान शाखाले संयुक्त रूपमा अभियान चलाएका छन् ।
पक्राउ परेका मध्ये ३ महिला र २१ पुरुषलाई पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जानकारी दिएको छ । यस्तै, दुई महिला र १८ जना धरौटीमा छुटेका छन् भने ८३ जनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।