सरकारका नाममा कारण देखाऊ आदेश |
काठमाडौं । कर्मचारी समायोजन अध्यादेशविरुद्ध दायर भएको रिटमा आज शुक्रवार भएको प्रारम्भिक सुनुवाइले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक इजलासमा भएको सुनुवाइले उक्त आदेश जारी गरेको हो ।
उक्त रिट अधिकृत विकास डंगोलसहित ३ सय ३० जना कर्मचारीले दायर गरेका थिए । प्रशासन सेवाको सामान्य प्रशासन समूहका ब्याट नम्बर ३०, ३१, ३२ र ३३ का अधिकृतहरूले गत पुस २३ गते रिट दायर गरेका थिए ।