एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
यस एनएलजी इन्स्योरेन्स कम्पनीको हालको पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको प्रति सेयर अंकित १०० रुपैयाँको दरले १० कित्ता सेयरको ६.६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।