नेपालको नवीकरणीय उर्जा प्रवद्र्धनका लागि विश्व बैंकद्धारा सहायता स्वीकृत |
काठमाडौं । विश्व बैंकले नेपालको नवीकरणीय उर्जा स्रोतको प्रवद्र्धन लागि रणनीतिक जलवायु कोष (एससीएफ) मा अनुदान स्वरुप ५६.१ लाख डलर र एससीएफ ऋण स्वरुप २० लाख डलर स्वीकृत गरेको छ ।
एससीएफ अनुदान र ऋणले निजी क्षेत्रले सञ्चालन गरेको स्थानीय उर्जा स्रोत पहुँच परियोजनालाई सहयोग गर्ने गर्दछ । जसको उद्देश्य नवीकरणीय उर्जामा स्थानीय उर्जाको क्षमता बढाउनका लागि देशको निश्चित क्षेत्रमा रहेका उर्जा सेवा कम्पनीहरुलाई एकत्रित गर्नु रहेको छ ।
जसले निजी क्षेत्रको क्षमतालाई बढीभन्दा बढी प्रयोग गरी सार्वजनिक निजी साझेदारीको मान्यतालाई आत्मसात गर्दै नेपालको सम्पूर्ण उर्जा आपूर्तिको अवस्थालाई सुधार गर्नु रहेको छ ।