समीट माइक्रोफाइनान्सको नाफा ५१ प्रतिशतले बढ्यो |
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा नाफा २ करोड ६० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५१ दशलमव ३२ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड ७२ लाख रुपैयाँ कमाएको थियो ।
२१ करोड रुपैयाँ चुक्ता पुँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा ७ करोड १५ लाख रुपैयाँ छुटाएको छ । जसको निक्षेपमा ६९ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव ०४ प्रतिशतले वृद्धि गरेको छ ।
माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ३८ दशमलव ४६ प्रतिशतले बढेर ७ करोड २१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४८ दशमलव १४ प्रतिशतले बढेर ४ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ ।
माइक्रोफाइनान्सको निष्कृय कर्जा १ दशमलव ३६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १६ दशमलव ५२ प्रतिशत, प्रतिशेयर आम्दानी १२ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानी अनुपात ५७ दशमलव ६७ गुणा, प्रतिशेयर नेटवर्थ १३४ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात १७ दशमलव ५२ प्रतिशत रहेको छ ।