कोका कोलामा अखाद्य वस्तु भेटिएपछि काठमाडौं महानगरपालिकाले ताेक्याे एक लाख ५० हजार जरिवाना
काठमाडौं । कोका कोलामा अखाद्य वस्तु भेटिएको भन्दै काठमाडौं महानगरपालिकाले कालिञ्चोक ट्रेडिङ नेपाललाई जरिवाना गरेको छ । महानगरले ढुसी परेको कोका कोला भेटिएपछि महानगरले एक लाख ५० हजार जरिवाना गरेको हो ।
महानगरले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७को दफा २९को खण्ड ङ अन्तर्गत कम्पनीलाई जरिवाना गरेको पत्रमा उल्लेख गरिएको छ । महानगरले का.म.पा २८, पुतलीसडकमा रहेकाे कालिञ्चाेक ट्रेडिङ नेपाललाई सात दिन भित्र जरिवाना तिर्न समय ताेकेको छ ।
महानगरपालिकाले लेखेकाे पत्रमा अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजान, सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट रिजेक्ट गर्न र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउन निर्देशन दिइएकाे छ ।