सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल घोषणा
काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
क्यापिटलले इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हाे। क्यापिटलकाे भदौ ७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
प्रतिफल वितरण प्रयाेजनार्थ फणडले भदाै १९ गते बुकक्लाेज गर्ने भएकाे छ। यस अनुसार म्युचुअल फण्डको उक्त लाभांश भदौ १८ सोमबारसम्म कायम इकाईधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।