जर्मनी विलासी कार ‘अउडी’ नेपालमा भित्रियो, मूल्य १ करोड ५० लाख !
काठमाडौं । जर्मनी विलासी कार अउडी आधिकारिक रुपमा नेपाल भित्रिएको छ। अउडीले उत्पादन गरेका विद्युतीय कार नेपाली बजारमा आएको हो ।
शुक्रबार काइरोस इन्टरनेसनल काठमाडौंले अउडीका विद्युतीय कार आधिकारिक बिक्रेताको रूपमा ल्याएको हो । सुरूमा कम्पनीले अउडीका क्यू फोर ३५ का दुई भेरियन्ट नेपाल भित्र्याएको छ ।
सुरुवाती चरणमा काइरोसले अउडीको क्यू फोर ३५ ई-ट्रोनको दुई भेरियन्ट ल्याएको छ । यो विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ । उक्त कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोवट रहेको छ । अउडीको यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोटिर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
अउडीको विद्युतीय कार उत्कृष्ट विशेषतायुक्त छ । विश्वका विभिन्न देशमा अउडीको ई-ट्रोन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको छ। जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको जनाएको छ ।
सुरुमा २ मोडल भित्र्याएको कम्पनीले अउडीका अन्य मोडलका विद्युतीय कार पनि उपलब्ध हुने गराउने छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालिसकेको छ ।
काइरोसले उपलब्ध गराएको अउडी क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै अउडीको क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँमा तोकिएको छ ।