सिद्धार्थका २ म्युचुअल फन्डको बुक क्लोज मिति तय
काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले बुक क्लोजको मिति तय गरेका छन् । दुवै फन्डले भदौ १३ गते बुक क्लोज गर्दैछन् । तसर्थ, भदौ १२ गतेसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । दुवैले आर्थिक वर्ष २०७९–८० को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन् ।
सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५% नगद लाभांश वितरण गर्नेछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले करसहित ६.५% नगद लाभांश वितरण गर्दैछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ ।
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्ड योजनामध्ये २ वटाका इकाईधनीले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् । यता, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने क्यापिटलले जानकारी गराएको छ । इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ एक महिना अघि मात्रै नेप्सेमा सूचीकृत भएको हो । यी फन्डलाई सिद्धार्थ बैंकले प्रवर्द्धन गरेको छ ।