चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने |
काठमाडौं । डा. गोविन्द केसीको मागलाई सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधस्वरुप देशभरका स्वास्थ्य संस्था ठप्प पारिने भएको छ । नेपाल चिकित्सक संघले विज्ञप्ति प्रकाशित गर्दै भोलि शुक्रवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प पार्ने घोषणा गरेको हो ।
डा. गोविन्द केसीको रिने अनशनप्रति ऐक्यबद्धता जनाउँदै आएको उक्त संघले सरकारले गरेको बेवास्ताप्रति आपत्तिसमेत जनाएको छ । आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार सरकार नै हुने नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताएका छन् ।