प्रभु क्यापिटलका हितग्राही खाताहरुलाइ गुहेश्वरी डेण्टल मल्टिस्पेशलटी एण्ड इम्प्लाण्ट हबमा बम्पर छुट
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको डेण्टल सम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चकोलागि गुहेश्वरी डेण्टल मल्टिस्पेशलटी एण्ड इम्प्लाण्ट हब प्रालीसँग सम्झाैता गरेकाे छ ।
प्रभु क्यापिटल र गुहेश्वरी डेण्टलबीच २०८० साल भदाै १ गते सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुहेश्वरी डेण्टल मल्टिस्पेशलटी एण्ड इम्प्लाण्ट हब प्रालीको तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् । क्यापिटलका ग्राहकहरुले न्गगुहेश्वरी डेण्टल मल्टिस्पेशलटी एण्ड इम्प्लाण्ट हबमा सेवा लिदाँ १५% छुट पाउन सक्छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर गुहेश्वरी डेण्टल मल्टिस्पेशलटी एण्ड इम्प्लाण्ट हबलाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्षसम्म लिन सक्नेछन् ।
ललितपुर, पुलचोकमा रहेको गुहेश्वरी डेण्टल मल्टिस्पेशलटी एण्ड इम्प्लाण्ट हब, अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस गुहेश्वरी डेण्टल मल्टिस्पेशलटी एण्ड इम्प्लाण्ट हबबाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्य सेवा लिन सकिने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।