विदेश पढ्न जाने विद्याथीको संख्या बढ्दै, विदेश पढ्न जाँदा एक वर्षमा लगे १ खर्ब रुपैयाँ
काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि १ खर्ब रुपैयाँ बाहिर लगेका छन्। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा बाहिरिएको रकम ३२ अर्ब ३० करोड रुपैयाँले बढेको हो।
शिक्षातर्फ व्यय १ खर्ब ४२ करोड भएको छ भने अघिल्लो वर्ष ६७ अर्ब ७० करोड रहेको थियो।
समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४४ अर्ब ४६ करोड पुगेको छ जबकी अघिल्लो वर्ष ९७ अर्ब ३२ करोड रहेको छ।
वस्तुसँगै आर्थिक वर्ष २०७९/८० मा खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा रहेको छ।
नेपालमा पर्यटक आगमन बढ्दा आम्दानी बढेको छ। समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ८९.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ३२ अर्ब ४५ करोड रहेको थियो।