रिद्धि सिद्धि सिमेन्टद्वारा ११ जना विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०”को छात्रवृत्ति कार्यक्रम गरेको छ । जसबाट ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरु सहभागी भएका थिए । एसईई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आईक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी छात्रवृत्तिका लागि उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु छनोट गरिएको थियो ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रुपमा पाँच हजार रुपैयाँ, दोश्रो हुनेलाई तीन हजार पाँच सय रुपैयाँ, तेश्रो हुनेलाई दुई हजार पाँच सय रुपैयाँ साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा एक हजार पाँच सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरुप मकवानपुरका ११ जना विद्यार्थीहरुले छात्रवृत्तिमा छनोट भएका हुन् ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुमा प्रथम पुरस्कार पाउने ईशान्त कुमार मिश्र, दोस्रो पुरस्कार पाउने अंशु कुमारी र तेस्रो पुरस्कार पाउने रिजन कठायत रहेका छन् भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरु शिवम् पटेल, भुषण दाहाल, भोला कुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान रहेका छन् ।