महुलीको खुद मुनाफा १४ दशमलव ६४ प्रतिशतले वृद्धि |
काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १४ दशमलव ६४ प्रतिशतले वृद्धि गरी २ करोड २ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा १ करोड ७६ लाख रुपैयाँ कमाएको थियो ।
महुलीले निक्षेपमा ७९ करोड १३ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ ।
जसको खुद व्याज आम्दानी ४ दशमलव ६८ प्रतिशतले बढेर ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७ दशमलव ४० प्रतिशतले बढेर २ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
महुलीको निष्कृय कर्जा १ दशमलव ७४ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ८३ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ५६ दशमलव ३५ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४६ दशमलव ५० गुणा, प्रतिशेयर नेटवर्थ ३२५ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात १२ दशमलव १० प्रतिशत रहेको छ ।