गरिमा खुद नाफा झण्डै ५५ प्रतिशतले बढ्यो |
काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा उत्कष्ट सुधार गरेको छ । बैंकले निक्षेप र कर्जा विस्तारबाट ब्याज आम्दानी बढाउँदा पूँजी वृद्धिको बाबजुत प्रतिशेयर आम्दानी बढेको हो ।
पुस मसान्तसम्म बैंकले २७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको बैंकको खुद नाफा ५४.८१ प्रतिशत अर्थात ९ करोड ८९ लाख रुपैयाँले बढी हो । गत आवको यसै अवधिमा बैंकले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ४८ लाखबाट १० प्रतिशतले बढेर दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । यस्तै प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ २५ पैसाबाट २० रुपैयाँ ०५ पैसामा बढोत्तरी भएको छ ।
बैंकको सबै आम्दानीका सूचकहरु सन्तोषजनक हुदा खुद नाफासँगै प्रतिशेयर आम्दानीमा सुधार भएको हो । बैंकको जगेडा कोषको आकार ४६ करोड ९९ लाख रुपैयाँबाट ६५ करोड २६ लाख सञ्चित रहेको छ ।
गत वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह क्रमश ५४.९९ र ४९.३१ प्रतिशतले बढाएको छ । समीक्षा अवधिसम्ममा बैंकले २६ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको पुससम्म बैंकले १७ अर्ब ४० करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरि १५ अर्ब ७५ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
पुस मसान्तसम्ममा बैंकको खुद ब्याजआम्दानी ६४ करोड ९८ लाख रुपैयाँ छ । यो गत वर्ष यसै अवधिको तुलनामा ४८.४० प्रतिशत अर्थात २१ करोड १९ लाख रुपैयाँले धेरै हो । बैंकको सञ्चालन नाफा पनि ५६.७१ प्रतिशत बढेर ४३ करोड ९२ लाख पुगेको छ ।
बैंकमा निष्कृय कर्जा अनुपात ०.४७ बाट घटेर ०.२८ प्रतिशतमा सीमित बनेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४१ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात ९.२३ गुणा बढी छ ।