कैलाश विकास बैंकको मुनाफा ३.२३ प्रतिशतले वृद्धि |
काठमाडौं । कैलाश विकास बैक लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा २७ करोड ४६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३ दशमलव २३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २६ करोड ६० लाख रुपैयाँ कमाएको थियो ।
२ अर्ब ५२ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ९३ करोड ६८ लाख रुपैयाँ राखेको छ ।
बैंकले निक्षेपमा २६ अर्ब ७२ करोड ८० लाख रुपैयाँ संकलन गरी कर्जामा २३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । जसले निक्षेपमा ३९ दशमलव ८४ प्रतिशतले वृद्धि गरेको छ भने कर्जामा ३४ दशमलव ४० प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ५४ दशमलव २९ प्रतिशत बढेर ६१ करोड १३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४६ दशमलव ४५ प्रतिशतले बढेर ४१ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
बैंकले प्रोभिजनमा यस त्रैमासमा ५ करोड ४७ लाख रुपैयाँ छुटाएको छ भने गत वर्ष २ करोड ७२ लाख रुपैयाँ राखेको थियो । जसमध्ये यस त्रैमासमा खराबकर्जा जम्मा २५ लाख रुपैयाँ उठाएको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव ७९ प्रतिशत, प्रतिशेयर आम्दानी २१ दशमलव ८५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव ७० गुणा, प्रतिशेयर नेटवर्थ १३७ दशमलव १७ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ४५ प्रतिशत रहेको छ ।