स्मार्ट टेलिकमको इजी लोन अफर, एक महिना नेट टीभी हेर्नलाई ८७ रुपैयाँको प्याकेज |
काठमाडौं । स्मार्ट टेलिकम कम्पनीले इजि लोन अफर सार्वजनिक गरेको छ । स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स १ रुपैयाँ वा त्यसभन्दा कम भएको अवस्थामा १० रुपैयाँसम्म ब्यालेन्स प्राप्त गर्न सक्छन । यसले गर्दा ब्यालेन्स अभावले कुराकानी गर्न बन्द गर्नु नपर्ने विज्ञप्तिम उल्लेख छ ।
ग्राहकले फोन गर्न, एसएमएस पठाउन, मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउन सक्ने छन् । लोन लिइएको रकम र सेवा शुल्क भने अर्को पटकको रिचार्जमा कटान गरिने छ ।
ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुने छन् । तर पुनः लोन लिन भने सकिने छैन । यो सेवा लिन स्मार्टको सिमकार्ड ६ महिना प्रयोग गरिएको हुनु पर्ने छ ।
स्मार्टका ग्राहकहरुले नेट टीभी डाउनलोड गरी लग इनमा मा आफ्नो मोबाइल नम्बरलाई प्रयोग गरी न्यूनतम शूल्कमा नेट टीभीमा उपलब्ध हुने प्रिमियम च्यानलहरु हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ । यस अन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताको लागि २९ रुपैयाँ, १४ दिनको लागि ५२ रुपैयाँ तथा एक महिना (३० दिन) को लागि ८७ रुपैयाँ तिरी नेट टीभीको सुविधा प्राप्तगर्न सक्ने छन् ।