हाम्रो विकास बैंकको खुद नाफा ९ प्रतिशतले बढ्यो |
काठमाडौं । हाम्रो विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ९ दशमलव १६ प्रतिशतले वृद्धि गरी २ करोड ४१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा २ करोड २१ लाख रुपैयाँ कमाएको थियो ।
बैकले निक्षेपमा १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २५ प्रतिशतले बढेर ६ करोड ३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ७६ प्रतिशतले बढेर ३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५५ प्रतिशत, जोखिम युक्त सम्पत्ति २५ दशमलव ८८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ९ दशमलव ६० रुपैयाँ, मुल्य आम्दानी अनुपात १३ दशमलव ८५ गुणा, प्रतिशेयर नेटवर्थ ११२ दशमलव ७० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ५६ प्रतिशत रहेको छ ।