सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ जान कति रुपैयाँ लाग्छ ?
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले साउन ३१ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ४. ७० प्रतिशतले भाडा बढाइएको छ ।
पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.१५ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.८३ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
मंगलबार राती नेपाल आयल निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको थियो ।
https://drive.google.com/file/d/1fLGKUeZ-6LEo-h6FfUniooq_p46Os6Qj/view?usp=sharing