सगरमाथा लुम्बिनी इन्सुरेन्सको नाफा २२.२७ प्रतिशत बढ्यो
काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सको खुद नाफा २२.२७% ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ४५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन १४.९५% ले घटेर १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
साविकका सगरमाथा इन्सुरेन्स र लुम्बिनी जनरल इन्सुरेन्स मर्ज भएर बनेको यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघेको छ । एक वर्षको अवधिमा बिमा कोषको आकार ९०.१०% र रिजर्भ कोष ११६% ले बढेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ९२ पैसा छ ।