डिजल र मट्टीतेलको मूल्य लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो ।
निगम स्रोतका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर मूल्य समायोजन गरिएको छ ।
मूल्य बढेर समायोजन गर्दा अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४.५ रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् ।