चिलिमे हाइड्रोपावरको नाफा ७.९२ प्रतिशतले घट्यो
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६९ करोड ४५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.९२% ले घटेको हो । अघिल्लो वर्ष यसले ७५ करोड ४२ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४.४९% ले घटेर १ अर्ब १२ करोड ८६ लाख ४२ हजार रुपैयाँमा आएपछि खुद नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष विद्युत बिक्रीबाट १ अर्ब १८ करोड १७ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो । यसका साथै, कम्पनीको परियोजना सञ्चालन खर्च पनि १० करोड ९७ लाख रुपैयाँबाट बढेर १२ करोड ५४ लाख रुपैयाँ पुगेपछि नाफा घटेको हो ।
चिलिमे हाइड्रोपावरको सेयर पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा ३ अर्ब ३० करोड १६ लाख रुपैयाँ छ । चिलिमेको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४९ पैसा रहेको छ ।