छिमेक लघुवित्तले कमायो १ अर्बभन्दा बढी नाफा
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा छिमेक लघुवित्तले १ अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १२.११% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ९४ करोड ७२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी १४.३२% ले बढेर २ अर्ब ८५ करोड ३४ लाख ८० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५.७१% ले बढेर १ अर्ब ५४ करोड १८ लाख ५१ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ८३ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा छिमेक लघुवित्तको लाभांश वितरण गर्ने क्षमता प्रतिसेयर ५१.१४% छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा छ । खराब कर्जा १.७२% छ ।