बुटवल पावर कम्पनीको खुद नाफा सामान्य घट्यो
काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २६ करोड ७३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफा २.४९% ले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको थियो । विद्युत बिक्रीको आम्दानी ६.५३% ले घटेर असार मसन्तमा ७२ करोड ४४ लाख १७ हजार रुपैयाँमा आएको छ ।
अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट ७७ करोड ५० लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो । यता, कम्पनीको अन्य आम्दानी भने ४ करोड रुपैयाँबाट बढेर ८ करोड रुपैयाँ पुगेको छ । विद्युत बिक्रीबाट आम्दानी घट्नु नै कम्पनीको खुद नाफा प्रभावित हुने प्रमुख कारणको रुपमा देखिएको छ ।
हाल बुटवल पावरको सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ५८ करोड २८ लाख ९२ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ७.८४ रुपैयाँ पैसा छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ८.४४ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २०५.१० रुपैयाँ छ । यता, सम्पतिमा प्रतिफल (आरओए) ३.५७% बाट घटेर गत असार मसान्तसम्म ३.५३% मा आएको छ ।