प्रदेश ३ मा शहीद दिवसका दिन सार्वजनिक बिदा, केन्द्रले भने बिदा दिएको छैन |
काठमाडौं । शहीद दिवसको अवसरमा प्रदेश ३ ले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले आगामी १६ गते बिदा दिने निर्णय गरेको हो ।
केन्द्रीय सरकारले भने शहीद दिवस मनाए पनि बिदा नदिने बताएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म शहीद दिवसको दिन बिदा नदिएको बताएका छन् ।
प्रदेश ३ मा मात्र सार्वजनिक बिदा दिएको पहिलोपटक हो । अन्य प्रदेशले भने विभिन्न पर्वमा बिदा दिँदै आएको छ । तर प्रदेशले दिएको बिदामा निजी सङ्घसंस्था, केन्द्रीय सरकार अन्तर्गत रहेका सरकारी निकायहरू भने खुल्दै आएका छन् ।
प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाको बारेमा केन्द्रीय सरकारको गृह मन्त्रालयसमेत वोधार्थ पठाएको छ ।