ग्लोबल आइएमई लघुवित्तको नाफा ४६.४४ प्रतिशतले घट्यो, इपीएस कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले १२ करोड ८७ लाखरुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ४६.४४% ले थोरै हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २४ करोड रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा ४५.८९% र खुद ब्याज आम्दानी ७.२७% ले घट्दा यसको नाफामा गिरावट आएको हो ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि २२ रुपैयाँ ७० पैसाले घटेर २० रुपैयाँ ८१ पैसा (वार्षिक) कायम भएको छ ।
अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ५१ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ४३ पैसा छ । यसको खराब कर्जा पनि १.६४% बाट बढेर ४.३०% पुगेको छ ।