पोखरा फाइनान्सको नाफा ४ करोड १० लाख |
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा ४ करोड १० लाख रुपैयाँ मुनाफा कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा जम्मा १ दशमलव ७१ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिको तुलनामा नाफा ४ करोड ३ लाख रुपैयाँ कमाएको थियो ।
८५ करोड ७२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले जगेडाकोषमा २९ करोड २ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा ४ अर्ब ६३ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानीमा ६३ दशमलव ५१ प्रतिशत र संचालन मुनाफामा १ दशमलव ६१ प्रतिशतले वृद्धि गरी १२ करोड १२ लाख रुपैयाँ र ६ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । फाइनान्सले खुद व्याज आम्दानी बढाएपनि संचालन मुनाफा भने बढेको छैन । यस फाइनान्सको गत वर्षको तुलनामा अन्य संचालन नाफा घटाएको छ ।
फाइनान्सको प्रतिशेयर आम्दानी वार्षिक ९ दशमलव ५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४ दशमलव ४१ गुणा, प्रतिशेयर नेटवर्थ १३३ दशमलव ८६ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ७२ प्रतिशत रहेको छ ।