सहयोगी विकासको नाफा १५ प्रतिशतले वृद्धि |
काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा ५ करोड ४ लाख रुपैयाँ मुनाफा कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा १५ दशमलव ०६ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहिअवधिको तुलनामा नाफा ४ करोड ३८ लाख रुपैयाँ कमाएको थियो ।
५० करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडाकोषमा २६ करोड ५२ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा ४ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । जसको खुद व्याज आम्दानीमा शुन्य दशमलव ३५ प्रतिशतले घटेर १० करोड ३४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ४२ दशमलव १० प्रतिशतले बढेर ५ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकको निष्कृय कर्जा १ दशमलव ६३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १७ दशमलव ४७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १९ दशमलव ८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १० दशमलव ३० गुणा, प्रतिशेयर नेटवर्थ १५२ दशमलव ०५ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव २३ प्रतिशत रहेको छ ।