लक्ष्मी उन्नति कोष र इक्विटी फन्डको लाभांशमा बुक क्लोज मिति तय
काठमाडौं । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले नगद लाभांश (प्रतिफल) वितरण गर्न बुक क्लोज मिति तय गरेका छन् । फन्डले नगद लाभांश वितरण गर्न साउन ३२ गते बुक क्लोज गर्नेछन् । यसर्थ, साउन ३१ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।
लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट क्रमशः ९.५%–८% नै नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरीसकेका छन् ।
यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । दुवैलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ ।