५ वाणिज्य बैंकले लाभांश वितरण गर्ने सम्भावना न्यून, हेरौं कुनले कति दिन सक्छन् ?
काठमाडौं । सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । गत वर्षको अन्तिम त्रैमासको रिपोर्ट आएकाले लगानीकर्तालाई कुन बैंकको लाभांश क्षमता कति छ भन्ने चासोको विषय बन्ने गर्छ ।
बैंकहरुले सार्वजनिक गरेको रिपोर्ट अनुसार केही बैंकहरुको अघिल्ला वर्षहरुको तुलनामा लाभांश क्षमता कमजोर भएको देखिएको छ । यस वर्ष बैंकहरुको औसत लाभांश क्षमता १३.१५ % रहेको छ ।
बैंकहरुको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै एभरेष्ट बैंकको लाभांश क्षमता रहेको छ । यसले सेयरधनीलाई ४०.५०% लाभांश वितरण गर्न सक्ने देखिएको छ । दोस्रोमा, एनआइसी एसिया बैंकको ३१.९९% प्रतिफल वितरण गर्ने क्षमता छ । यता, स्टान्डर्ड चार्टर्ड बैंकले पनि सेयर धनीलाई २८.९९% लाभांश दिन सक्ने देखिएको छ ।
यता, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भने १% भन्दा कम प्रतिफल क्षमता छ । यसर्थ, यी बैंकले लाभांश प्रस्ताव नगर्ने सम्भावना पनि धेरै छ । यता, प्राइम कमर्सियल बैंकको पनि १.०६% मात्र लाभांश क्षमता छ । त्यस्तै, कुमारी र हिमालयन बैंकको भने लाभांश वितरण क्षमता नै ऋणात्मक छ । अर्थात, यिनीहरुले लाभांस वितरण गर्ने सक्ने अवस्था छैन् ।
पछिल्ला वर्षहरुको भन्दा यसपटक केही वाणिज्य बैंकहरुको लाभांश क्षमता कमजोर भएको छ । बैंकहरुले आम्दानीको थुप्रै रकम प्रोभिजन गर्दा नाफामा संकुचन आएको हो । त्यसमाथि, राष्ट्र बैंकले तोकेको विभिन्न शीर्षकमा रकम छुट्याउदा पनि सेयरधनीलाई लाभांश वितरण गर्न नपुगेको देखिन्छ । खराब कर्जा अनुपात बढ्दा यिनीहरुको निष्क्रिय कर्जा दर पनि बढेको छ ।
यद्यपि, वितरणयोग्य नाफामा रहेको सबै रकम बैंकहरुले प्रतिफलको रुपमा वितरण गर्छन भन्ने पनि हुँदैन । उनीहरुले आवश्यकता अनुसार नगद र बोनस सेयर मिलाएर वितरण गर्न सक्छन् । बैंकहरुले औसतमा कर्बि २५% नाफा बढाउँदा पनि वितरणयोग्य मुनाफा प्रभावित भएकै कारण सेयर बजारमा समेत यसको असर देखिएको छ ।
हेरौं, कसले कति लाभांश दिन सक्छन् ?