नबिल बैंकको मुनाफामा आकर्षक बढोत्तरी
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ७६.८६% ले धेरै हो । गत वर्ष यसले ४ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १०१.६३% र सञ्चालन नाफा ७५.३७% बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ ।
यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ३६.६१% ले बढोत्तरी गरेर ३ अर्ब ९६ करोड रुपैयाँ पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ १८ पैसाले बढेर २७ रुपैयाँ ८२ पैसामा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा छ । नबिलको निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ ।