स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ५६.२७ प्रतिशतले बढ्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ५६.२७% ले बढेर ३ अर्ब ५२ करोड ५४ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब २५ करोड ५९ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ५९.२१% ले बढेर ५ अर्ब ९५ करोड ५२ लाख ५७ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५५.७९% ले बढेर ५ अर्ब ४ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २ अर्ब ९ करोड २८ लाख ३५ हजार रुपैयाँ छ । त्यस्तै, प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता २८.९९% छ । नाफासँगै स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । यस बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४७ पैसाले बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा छ ।