एनएमबि बैंकको नाफामा सामान्य वृद्धि
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा एनएमबि बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३.६३% ले धेरै हो । गत वर्ष यसले ३ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा एनएमबिको खुद ब्याज आम्दानी ३०.६०% र सञ्चालन नाफा ६.११% बढेको छ ।
यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा भने ३.१५% ले घटेर १ अर्ब ५० करोड रुपैयाँमा झरेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी पनि ० रुपैयाँ ६५ पैसाले बढेर १८ रुपैयाँ ५७ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९२ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ०५ पैसा छ ।