गणपती बनस्पती लिमिटेड र नबिल बैक बिच च्यानल फाईनान्सिङ्ग सम्झौता
काठमाडौं । नबिल बैक लीमिटेडले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पती लिमिटेडका आधिकारीक डिलर तथा बिक्रेताहरुलाई च्यानल फाईनान्सिङ्ग सुबिधा दिने भएको छ ।
मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पती लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्घानाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष द्धय श्रबण कुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरु अनन्ता मोर, क्रषिराज मोर, राजिब मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिती थियो भने बैकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरु मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिती थियो ।
सोयाबिन तेल, तोरी तेल र पामोलीन तेल बिक्रि बितरण गर्दै आएको गणपती बनस्पती लिमिटेडले हालै मात्र नेबारी प्लस ब्राण्डलाई पनि बजारमा ल्याएको छ । मेक इन नेपाल—स्बदेशी अभियानमा संलग्न, नेपालकै सबैभन्दा ठुलो घिऊ तेल उत्पादन गर्ने यस गणपती बनस्पती लिमिटेड सर्बाधिक निर्यातकर्ता भई लगातार तीन पटक सम्म नेपाल उद्योग परिसंघबाट सम्मानीत पनि भएको छ ।