साउन–१५ गते मौलिक बजार तथा मौलिक भान्छाघरको खीर महोत्सव
काठमाडौ । मौलिक बजार तथा मौलिक भान्साघरले सात प्रदेशको प्रतिनिधित्व हुने गरी खीर बनाएर बिक्री गरेको छ । भान्साघरका सञ्चालक सुमन दाहालले साउन १५ गतेलाई खिर उत्सवको रुपमा मनाएको बताए ।
उनले मौलिक बजार तथा मौलिक भान्सा घरले खीर खाने दिनको उपलक्ष्यमा सात प्रदेशको सात प्रकारको खीर उत्पादन गरेको र यसले सात प्रदेशलाई प्रतिनिधित्व गर्ने बताए ।
उनले भने, साउन १५ गतेका खीर दिनलाई खीर उत्सवको रूपमा सात प्रकारको खिर बनाएका छौँ । स्थान र भूगोलको रुपमा खाइने खीरहरुको परिकार बनाएका छौँ । सात प्रदेशलाई नै प्रतिनिधित्व गर्ने हिसाबले चिनो, कागुनो, चामलको विभिन्न प्रकारबाट बन्ने खिर, फापरको च्याख्लाबाट बन्ने खिर, कोदोको च्याख्लाबाट बन्ने खिर, ढकने भन्ने खिरलाई हामीले आज तयार गरेका छौँ ।
उनले थपे, ‘यस्तै, मौलिक भान्साघर पनि छ, स्वादका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि खाउँ भन्ने यसको मूल उद्देश्य हो । सात विशेष परिकार बनाउने गर्दछ । यसले ८४ व्यन्जनको पनि प्रयास गरिरहेका छौँ ।’