सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा दावी फर्छ्योट प्रक्रिया अनलाइनबाटै
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको दावी पोर्टलले ग्राहकलाई बीमा दाबीहरू प्रभावकारी रूपमा ट्र्याक गर्न सहयोग पुर्याउछ । यसले बीमा दाबी व्यवस्थापन गर्नको लागि केन्द्रीकृत र प्रयोगकर्ता–मैत्री प्लेटफर्म प्रदान गर्दै आइरहेको छ ।
यसमा दावी फर्छ्योट कार्यप्रक्रिया (माइलस्टोन) हरु इन्ट्री गर्दै लैजाने भएकोले दाबी प्रक्रियालाई ग्राहकमैत्री बनाएको छ । उक्त सिस्टममा निर्जीवन बीमा कम्पनी र सर्भेयर दुवैले दावी फर्छ्योट कार्यप्रक्रियाहरु (माइलस्टोन) हरु इन्ट्री गर्दै लैजान्छन् । यस्तो ब्यवस्थाले दावीकर्ता बीमितले कुनै पनि दावीको “दावी फर्छ्योट प्रक्रिया कहाँ पुग्यो ?” भनि तत्काल हेर्न सक्छन् ।
अनलाइनबाट बीमा दावी र फर्छ्योट प्रक्रिया कसरी अगाडि बढाउने ?
यसअन्तर्गत सेवाग्राही÷बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा जानु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ । कम्पनीको वेबसाइटमा रहेको क्ल्याम ट्र्याक खोली अनलाइनबाटै आवश्यक कागज पत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडि बढाउन सकिन्छ ।
कुनै दुर्घटना पश्चात तपाईले कम्पनीमा फोन, इमेल वा म्यासेजका माध्यमबाट खबर गर्ने बित्तिकै कम्पनीले बीमा दाबी दर्ता गरेर पक्रिया अगाडि बढाँउछ ।
त्यसपछि कम्पनीले तपाईंलाई क्षती मूल्याङ्कनका लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरूको सूची उपलब्ध गराउनेछ ।
कम्पनीले आवश्यक परेमा नोक्सान मूल्याङ्कन गर्न सर्वेक्षक खटाउनेछ ।
ग्राहक पोर्टलमा कसरी लगइन गर्ने ?
जब दावी दर्ता हुन्छ, कम्पनीले तुरुन्तै तपाईको फोन नम्बरमा एसएमएस पठाउनेछ । तपाइले दावी सूचनाको समयमा कम्पनीलाई उपलब्ध गराएको मोबाइल नम्बरमा एसएमएस आउनेछ । कम्पनीले क्ल्याम नम्बर, वेव लिंक, यूजर नेम र पिन नम्बर पठाउँछ । तपाइले यूजर नेम र पिन नम्बर राखेर लगइन गर्नु पर्छ ।
सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसंग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाँडो भई बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।