सानिमा बैंकको नयाँ एटिएम बुथ ताल्ती धादिङमा
काठमाडौं । सानिमा बैंकले रोराङ गाउँपालिका, धादिङमा नयाँ एटिएम काउन्टर विस्तार गरेको छ । त्यहाँका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले यहि साउन १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित ज्बगहष्ल सिमेन्ट नारायणी प्रा. लि. उद्योगको परिसरमा ए.टि.एम. बुथको स्थापना गरेको बैंकले जनाएको छ ।
उक्त ए.टि.एम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर छियाङ छाङ हङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बाग्मती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरिएको थियो ।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर छियाङ छाङ हङले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिए ।
त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी ए.टि.एम. स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गरिन् ।
ए.टि.एम.को भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरे । साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराए ।
उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यबाद ज्ञापन तथा कार्यक्रमको संचालन सानिमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख बिक्रम श्रेष्ठले गरे ।