सोल्टी होटलद्धारा शेयरधनीलाई नगद लाभांश लिन अुनरोध

काठमाडौं । सोल्टी होटेल लिमिटेडले लिन बाँकी नगद लाभांश शेयरधनीलई बुझिलिन अनुरोध गरेको छ । कम्पनीले यसअघिका विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश लिन बाँकी शेयरधनीहरुलाई बुझिलिन अनुरोध गरेको हो ।
पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकोले हालसम्म पनि लाभांश रकम लिन छुटेका लगानीकर्तालाई बुझिलिन कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।
लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख छ । नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले आवश्यक कागजपत्र सहित शेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ ।