साना किसान विकास लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार भइरहेको छ । यसपश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकोे शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।