त्रिभुवन विमानस्थल केही बेर अवरुद्ध भई पुनः सुचारु |
काठमाडौं । आज आइतवार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल केहीबेर अवरुद्ध भई पुनः सञ्चालनमा आएको छ । मौसममा आएको गडबडीका कारण विमानस्थलका सबै उडान केहीबेर अवरुद्ध बन्न पुगेको विमानस्थल कार्यालयले जानकारी दिएको हो ।
टाढाबाट आएका विमानहरू नजिकको एयरपोर्टमा डाइभर्ट गरिएको थियो भने नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको थियो ।