भिजी इम्पेक्स र एभरेष्ट बैंकबीच वित्तीय सम्झौता
काठमाडौं । जिडब्लुएम सवारीसाधनहरुको एक मात्र आधिकारिक आयातकर्ता र वितरक भिजी इम्पेक्सले एभरेष्ट बैंकसँग वित्तीय सुविधाका लागि सम्झौता गरेको छ । आइसीई सवारीसाधन हाभल जोलायन, हाभल एच ६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारीसाधनको वित्तीय सुविधाका लागि सम्झौता गरेको हो ।
उक्त सम्झौतामा आज भिजी इम्पेक्स– जिडब्लुएम नेपालका उपसभापति रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंकका उपमहाप्रबन्धक गौरव कुमारले जिडब्लुएमका सवारीसाधनलाई ग्राहकहरुलाई फाइनान्सिङ सुविधाको पहुँच पुर्याउने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
जिडब्लुएमका कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ यो सहकार्य गरिएको भिजी इम्पेक्सले जनाएको छ । यसले कम्पनीले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याजदरहरु, डाउन पेमेन्ट र कर्जा अवधिसहित विभिन्न प्याकेजहरु उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहकहरूले आफ्नो आवश्यकताहरूको आधारमा छनोट गर्न सक्छन् ।
एभरेष्ट बैंकले अधिकतम सात वर्षको अवधिका लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउनेछ । यस्तै, ती वर्षसम्मको कर्जा अवधिको लागि, न्यूनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत रहनेछ ।