गणपति माइक्रोफाइनान्सको नाफा १ करोड ५१ लाख |
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा नाफा ६८ लाख रुपैयाँ कमाएको थियो ।
७ करोड रुपैयाँ चुक्ता पुँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा २० लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा १७ करोड ३९ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ६६ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।
जसले खुद व्याज आम्दानीमा २२५ प्रतिशतले बढेर २ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा १ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहिअवधिको तुलनामा भने नोक्सानमा रहेको थियो ।
कम्पनीको निष्कृय कर्जा १ दशमलव १० प्रतिशत र जोखिम युक्त सम्पत्ति ११ दशमलव ०८ प्रतिशत रहेको छ ।