सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी हुने
काठमाडौँ । आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना हुने भएको छ । आउँदो बिहीबारदेखि डिल्ली बजार काठमाडौँ स्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु हुने भएको हो ।
आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजक कलेजले जनाएको छ । यस प्रदर्शनीको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा द्वारा हुनेछ ।
यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ । प्रदर्शनीमा नवप्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटी सहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन् ।