क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना, जेल बस्न नपर्ने |
म्याड्रिड । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो १ करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् । मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया २ वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले उनी जेल बस्नुपर्ने भने छैन ।
त्यसअघि उउने सञ्चारमाध्यमको नजरबाट जोगिनलाई भन्दै कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन आग्रह गरेका थिए । पाँच पटकसम्म युरोपको ‘बालन डोर’ अर्थात सुनौलो बल पुरस्कार जितेका रोनाल्डो विश्वका उत्कृष्टमध्येका एक फुटबल खेलाडी हुन ।
यी स्टार खेलाडीले सन् २०११ देखि २०१४ सम्म रियल म्याड्रिड फुटबल क्लबका लागि खल्दा विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको आरोप लगाइएको थियो । रोनाल्डोले कर छलेको विवरण पहिलो पटक सन् २०१७ मा बाहिर आएको थियो ।
त्यतिबेला अभियोजनकर्ताहरूले उनीबाट ‘जानाजान’ करछली भएको बताएका थिए । तर रोनाल्डोका वकिलहरूले नियतवश कर छलेको नभई स्पेनी कानून बारेको असमझदारीका कारण त्यस्तो हुन गएको बताएका छन् ।
रोनाल्डोले अर्को मुद्दा पनि झेलिरहेका छन् । सन २००९ मा बलात्कार गरेको उनीमाथि आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन । रासस⁄एएफपी